आइतबार, जेष्ठ ६ २०८१

नयाँ पुस्तालाई नेबिसंघ प्रति आर्कषित गराइ समग्र बिद्यार्थीहरुको हितको लागी लड्ने छु : सुवेदी


  • ककनी खबर
  • बिहिबार, पुष १९ २०७५

विद्यालयको इकाइ अध्यक्ष भएर नेबिसंघको बिभिन्न तह र तस्कामा रही सक्रिय राजनितिमा होमिएको तथा बिभिन्न प्रकारका आन्दोलमा नेतृत्वदायी रुपमा सडक सघर्ष र राजनितिक बिद्रोहको स्वर उठाउदै कलम र मसाल अंकित झण्डा बोकेर नुवाकोट जिल्लाको आम बिद्यार्थीको तन मन मा बस्न सफल एउटा नाम हो नमराज सुबेदी ,
पछिल्लो समयमा नेपाल बिद्यार्थी संघ भित्र प्रभाबभाली रुपमा संगठन निमार्ण र बिद्यार्थीको धरोहरको रुपमा चर्चित बनेका नेबिसंघका नेता नमराज सुबेदी अब हुने नेबिसंघको अधिबेशनमा नुवाकोटको नेतृत्व आफ्नो हातमा जमाउने रणनिती बनाइरहेका छन ।
आशन्न नेबिसंघ नुवाकोटको अधिबेशनको चटारोमा आम बिद्यार्थीबाट जिल्ला अध्यक्षको उमेद्वारको रुपमा प्रस्तुत गराउने तयारीमा रहेका सुबेदीसंग अब हुने नेबिसंको अधिबेशनमा केन्द्रित रहेर गरीएको कुराकानीको सम्पादित अंशः

केमा व्यस्त हुनुहुन्छ ?
– नेपाल बिद्यार्थी संघको ७५ ओटै जिल्लामा अधिवेशनको माहोल तातिएको छ यससगै नुवाकोट लगायत देशभर अधिबशन भइरहेको छ । नुवाकोट जिल्लाका बिभिन्न स्कुल,कलेज इकाइ गठन ,गाउपालिका अधिबेशन भेटघाट, प्रचारप्रसार र जिल्लामा लागेको अबिधेशनको रन्को लगायत आन्तरिक काममा व्यस्त छु ।

आगामी अधिवेशनमा आफ्नो उम्मेदवारीलाई कसरी अगाडि बढाउनुभएको छ ?

– नेपाल विद्यार्थी संघको अधिवेशन झण्डै तिन वर्ष भन्दा बढी भईसकेको छ । हामीले लामो समयसम्म आफ्नो नेतृत्वको लागि निर्वाचनमा भाग लिन नपाउँदा नेविसंघमा हामीभन्दा धेरै नयाँ र धेरै पुराना साथीहरूले पनि उम्मेदवारीको लागि आकांक्षा देखाईरहनु भएको थियो तर अहिले नेपाल बिद्यार्थी संघ केन्द्रिय समितिले ३२ बर्षे उमेरहद लगाउने प्रस्ताब माउ पार्टी नेपाली काँग्रेसले गरेको हुनाले लामे समय नेबिसंघमा रहेर काम गरेका सम्पुर्ण आदणिय दाजुहरुलाई सम्मान गरी उहाँहरुको सल्लासुझावमा सङगठनलाई अगाडी बढाउने र नयाँ पुस्तालाई नेबिसंघ प्रति आर्कषित गराइ समग्र बिद्यार्थीहरुको हकहितको लागी लड्ने एकमात्र सस्था नेबिसंघ नै हो भन्ने भावना आम बिद्यार्थीको माझमा पु¥याइ विधिवत अधिबेशन गराइ पुस्तान्तरण गर्ने र सम्पुर्ण आँकाक्षीहरुलाई हातेमालो गराइ एकढिक्का भएर बिद्यार्थी हकहितको लागी अग्रसर भइ स्थापित गर्ने मेरो मुल एजेन्डा रहेको छ ।

धेरै आकाक्षीँ देखिएका छन,तपाइ नै अध्यक्ष हुने कुरामा कतिको बिश्वस्त हुनुहुन्छ ?

– नेविसंघ एउटा लोकतन्त्रमा विश्वास गर्ने संस्था हो । हामी नेपालकै सबैभन्दा जेठो प्रजातान्त्रिक पार्टीको भातृ संस्था लोकतान्त्रिक पार्टी भएकोले स्वाभाविक रुपमा आकाक्षीँ हुन्छन । हामीले लोकतान्त्रिक परिपाटीलाई महत्वका साथ हेर्ने हुनाले सबै साथीहरुसंग छलफल गरेर अगाडी बढ्न तत्पर रहि बिगतको इतिहासलाइ पाठ मानेर मलाइ नै अध्यक्षको रुपमा सर्वसम्वत गर्ने कुरामा म बिश्वस्त छु यदी सर्बसम्वत हुन नसकेको अबस्थामा प्रजातान्त्रिक पद्धतीद्धारा नेतृत्व चयन हुन्छ यसमा अन्तिमसम्म मेरो प्रतिषपर्दा रहन्छ ।

तपाईँको व्यक्तिगत एजेण्डाहरु कस्ता छन ?

मेरो एजेण्डा भन्दा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको पहल गर्नु , समानतामा आधारत शिक्षा, निशुल्क शिक्षा लगायतका जिवन जिविकाका कुराहरुमा सरकारसग नै हातेमालो गर्ने र सगै सबरदारी पनि गर्ने कार्यहरु गर्नेछु ‘। अवको बिद्यार्थी राजनिति आन्दोलन, ढुङ्गामुडा,चक्काजाममा केन्द्रित नभइ शिक्षालाई ब्यपार नबनाइ रोजगारयुक्त शिक्षा,व्यवसायीक शिक्षा,नैतिक शिक्षा र प्राबिधिक शिक्षा लगायतका समाज रुपान्तरणका कार्यहरुमा दिर्घकालिन लक्ष र सोच राखि बिद्यार्थीको उज्वल भविष्यको लागी बिषेश पहल गर्ने मेरो एजेन्डा रहनेछ । त्यसैले हामी शिक्षालाई सेवामुखी बनाउन तर्फ मूलभूत कदमहरू चाल्नु आवश्यक रहेको छ । मैले यसको लागि विशेष पहल गर्नेछु ।

अरु आकाक्षीँ र तपाईँमा के फरक छ ?

अग्रजको माया भाबि पुस्ताको साथ संगठन प्रति बफादार,इमान्दारिता र नैतिकता नै मेरो मुल मन्त्र हो त्यसैले म सांङगठनिक सुधारको पक्षमा तथा बिद्यार्थी हकहितको पक्षमा दत्तचित्त भएर संगठनलाइ अग्रमोर्चामा लगी सुसुचित राजनितिक बिकाश र स्थापित नेतृत्व हुने कुरामा निर्धक्क भएर जनमनमा लागिरहने प्रतिद्धता ब्यक्त गर्न चाहान्छु ।

अन्त्यमा के भन्न चाहानुहुन्छ ?

तपाईले तपाइको यो मिडिया बाट मलाइ आफ्नो भनाइ राख्ने अबशर प्रदान गर्नुभएकोमा े धन्याबाद दिन चाहान्छु र सम्पुर्ण नेपाल बिद्यार्थी संघमा आस्थावान साथीहरुलाइ कलम र मसाल अंकित झण्डामुनि गोलबद्ध भइ आगामी अधिबेशनमा हाम्रो भन्दा राम्रो नेतृत्व चयन गर्न याहाँहरुको अमुल्य सुझाब,साथ,सहयोग,हौसलाका साथ महत्वपुर्ण भुमिका खेल्नुहुनेछ भन्ने बिश्वास लिदै आम बिद्यार्थीहरुको सहयोगको अपेक्षा गरेको छु । धन्याबाद
जय नेपाल।

प्रतिक्रिया
सम्बन्धित समाचार