आइतबार, जेष्ठ ६ २०८१

कांग्रेसले युवालाइ बच्चा देख्नु गलत छ : बिद्यार्थी नेता रिमाल


  • ककनी खबर
  • शुक्रबार, भाद्र १२ २०७७

नेपालि काङ्ग्रेस कृयासिल सदस्यता सन्दर्भ :
१ अब युवालाई पालो दिनुपर्छ युवालाई नेतृत्व दिनुपर्छ भन्ने युवा नेताहरु नै (२०-३५ बर्षे) युवा साथिहरुलाई बच्चा देख्नुहुन्छ र भन्नुहुन्छ तेरो बेला भको छैन भाइ त भन्दा सिनियरलाई दिनुपर्छ!
हुन त म राजनितिमा युवा पाका र बृद्द उमेरलाई मान्दिन!युवा उसको बिचार हो,युवा उसको सक्रियता हो,युवा उसको क्षमता हो,युवा उसको नेतृत्व कुसलता हो! यति हुँदै गर्दा पनि कर्तव्य निभाउने ठाउमा खट्नुपर्ने संघर्ष गर्नुपर्ने ठाउमा सबभन्दा काबिल ठहरिने एउटा तन्नेरी अवसर लिने ठाउमा अयोग्य देख्ने चस्मा फेरिनुपर्दछ!
२ सिनियरका नाममा योग्यता र क्षमता भएका सक्षम साथिहरुलाई पाखा लगाउने कोसिस कृपया भुलेर पनि कसैले नगर्नुस बिनम्र अनुरोध!

३ कृयासिल सदस्य नेपाली काङ्ग्रेसको राजनितिक यात्राका लागि मुल ढोका हो! भोलि संभावना बोकेका मानिसहरुको तात्कालिन प्रतिकुलता र बाध्यतालाई अाधार बनाएर कसैको नविकरण नगर्ने उसलाई च्युत गराउने उसको राजनिति समाप्त गर्ने काम नगरौ!

४ संभावना बोकेका योग्य र क्षमतावान साथिहरुलाई गुटबन्दिको जातोले घुन पिसेसरह पनि नपिसौ किनकि यसले अाज तपाइलाइ फाईदा पुग्ला तर भोलि संगठनलाई अपुरणिय क्षति पुग्दछ!

पद सधै सबैको निश्चित समयका लागि हुन्छ तर तपाईको कार्यशैलि र छवि सधै तपाई संगै रहन्छ !त्यसैले पदको सदुपयोग गर्दै पछिसम्मका लागि वहा वहा भन्ने गरि कार्यसम्पादन गर्नुहुनेछ भन्ने बिश्वासका साथ शुरुवात अाफुबाटै गर्न सम्पूर्ण नेतृत्व वर्गमा सबिनय अनुरोध गर्दछु!

पालो सबैको अाउछ,समयले लेराउछ!एक माघले जाडो जादैन स्मरण गरौ !
जय नेपाल

लेखक: इश्वर रिमाल आफै हुन ।

प्रतिक्रिया
सम्बन्धित समाचार