आइतबार, जेष्ठ ६ २०८१

राष्ट्र बैंकले सार्वजनिक गर्‍यो मोबाइल एप, यस्ता छन् सुविधा


  • ककनी खबर
  • बुधबार, असार ३० २०७८

काठमाण्डौं – नेपाल राष्ट्र बैंकले आफ्नो मोबाइल एप सार्वजनिक गरेको छ । बुधबार आयोजित एक भर्चुअल कार्यक्रममा राष्ट्र बैंककी डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले ‘नेपाल राष्ट्र बैंक’ मोबाइल एपको शुरूवात गरेकी हुन् । 

राष्ट्र बैंकको यो एपमा बैंकको वेबसाइटमा राखिएका नियमित सूचना, जानकारी, विदेशी विनिमय दर, अध्ययन प्रतिवेदन, तथ्याङ्कलगायतका सामग्रीहरू प्राप्त गर्न सकिने छ । 

मोबाइल एपको प्रयोगबाट बैंकसँग सम्बन्धित सूचना र जानकारीप्रति सरोकारवाला तथा सर्वसाधारणको पहुँच अभिवृद्धिमा थप सहयोग पुग्ने बैंकले आशा गरेको छ । 

यो एप अहिले बेटा भर्सनमा रहेको छ । प्रयोगकर्ताबाट प्राप्त हुने सुझावको आधारमा यसलाई थप परिस्कृत गर्दै लगिने बैंकले जनाएको छ ।

यो एप हाल एन्ड्रोइड मोबाइलमा मात्र उपलब्ध हुनेछ । उक्त एपलाई क्रमिक रूपमा आईओएसमा समेत विस्तार गरिने बैंकले उल्लेख गरेको छ । एन्ड्रोइडमा उक्त मोबाइल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया
सम्बन्धित समाचार