आइतबार, जेष्ठ ६ २०८१

त्रिशुली अस्पताललाई किस्पाङको १० लाख सहयोग


  • ककनी खबर
  • सोमबार, साउन ४ २०७८

नुवाकोट – जिल्ला अस्पताल त्रिशुलीलाई किस्पाङ गाउँपालिकाले १० लाख रुपैँया आर्थिक सहयोग गरेको छ ।

सोमबार गाउँपालिका अध्यक्ष छत्र लामाले अस्पताल विकास समिति अर्जुनप्रसाद न्यौपानेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

जिल्लामा कोरोना संक्रमणको तेश्रो भेरियण्ट देखिएसँगै बालबालिकाहरुको लागि छुट्टै आईसीयु कक्ष स्थापनाको लागी किस्पाङ गाँउपालिकाले १० लाख रुपैयाँ उपलब्ध गराएको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिए ।

कोरोना संक्रमणको तेश्रो लहर जिल्लामा देखिएसँगै त्रिशुली अस्पताललाई थप उपकरण खरिद तथा नयाँ आईसीयु कक्ष स्थापनाको लागि रकम अभाव रहँदै आएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार