शनिबार, भाद्र ७ २०८२

प्रदेश २ को दोस्रो बैठकः सभामुख र उपसभामुख निर्वाचन कार्यक्रम तय गर्ने


  • ककनी खबर
  • आइतबार, माघ २८ २०७४

२९ माघ, जनकपुर । प्रदेश नम्बर २ दोस्रो प्रदेशसभा बैठक सोमबार बस्दैछ । बैठक दिउँसो १ बजेका लागि तय गरिएको सघीय संसद सचिवालयका सहसचिव वंशिराज पौडेलले जानकारी दिए ।

दोस्रो बैठकको सभामुखको भूमिकामा ज्येष्ठ सदस्य लगनलाल चौधरी नै रहनेछन् । आजको बैठकले नियमावली मस्यौदा पारित गर्नुका साथै फागुन २ गते हुने सभामुख र उपसभामुख निर्वाचन सम्बन्धी कार्यक्रम तय गर्ने कार्यसूची छ ।

प्रदेश २ को मुख्यमन्त्री र उपसभामुख संघीय समाजवादी फोरमलाई तथा सभामुख राजपाले लिने आन्तरिक सहमति भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार