शनिबार, भाद्र ७ २०८२

बार्सिलोना पहिलो पटक गोल गर्न असफल


  • ककनी खबर
  • आइतबार, माघ २८ २०७४

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना यो सिजन पहिलो पटक गोल गर्न असफल भएको छ ।

लिग लिडर बार्सिलोनाले रक्षात्मक खेल खेलेको गेटाफेसाग गोलरहित बराबरी खेलेको छ । यससँगै उसको अग्रता ७ अंकमा झरेको छ र एथ्लेटिको मडि्रडलाई उपाधिको आश जगाएको छ ।

नाउ क्याम्पमा भएको खेलमा कोलम्बियन यारी मिनाले ला लिगामा डेब्यू गरेका थिए । घरेलु टोलीका लिओनल मेस्सी र फिलिप काउटिन्होको प्रहार गेटाफेका गोलकिपरले रोकेका थिए । गेटाफेले पनि गोल गर्ने एउटा राम्रो अवसर गुमायो ।

बार्सिलोना अझै लिगमा अपराजित छ । तर, उसले लिगमा यो सिजन पहिलो पटक गोल गर्न सकेन ।

बराबरीपछि बार्सिलोनाको २३ खेलबाट ५९ अंक भएको छ । दोस्रो स्थानको स्थ्लेटिकोको ५२ अंक छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार