नुवाकोट फुटबल संघको आयोजनामा नुवाकोटमा पहिलोचोटि नुवाकोट गोल्डकप हुन लागेको छ।
जेठ १७ देखि २६ गतेसम्म बिदुर नगरपालिका स्थित नुवाकोट आदर्श बहुमुखी क्यापसको खेलमैदानमा हुने प्रतियोगितामा नुवाकोट जिल्लाको १ टिम र देशभरीका ए डिभिजन खेल्ने ९ टिम सहित १० टिमको सहभागिता हुने आयोजकले जानकारी दिए।
अहिले क्याम्पसको खेलमैदानलाई लेभलिङ गर्ने र खेलमैदानलाई चारैतिरबाट घेर्ने कार्य तीब्र गतिमा भइरहेको र लेभलिङ्ग पश्चात् खेलमैदानमा दुवो उमार्ने कार्य गर्ने जिल्ला फुटबल संघका अध्यक्ष दिपकलाल चित्रकारले बताए।
प्रतिक्रिया
सम्बन्धित समाचार