काठमाडौं । साढे ३३ केजी सुनकाण्डमा मुछिएका महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालिन प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी पक्राउ परेका छन् ।
प्रकरणको अनुसन्धान गर्न गठित समितिले उनलाई बयानका लागि बोलाएको थियो । र, मंगलबार दिउँसो उनी जिल्ला प्रहरी कार्यालय, मोरङमा उपस्थित भएका थिए ।
उनलाई बयानपछि पक्राउ पूर्जी थमाइएको प्रहरी स्रोतले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार