शनिबार, भाद्र ७ २०८२

नयाँ बसपार्कमा अब कम्पनीका बसको मात्र काउन्टर राखिने


  • ककनी खबर
  • शुक्रबार, बैशाख २१ २०७५

२१ वैशाख, काठमाडौं । सरकारले नयाँ बसपार्कमा सञ्चालनमा रहेका यातायात संघ तथा समितिका सबै काउन्टर बन्द गर्ने निर्णय गरेको छ ।यातायात मन्त्रालयको निर्णयअनुसार यातायात व्यवसथा विभागले बसपार्क व्यवस्थापनको जिम्मा लिएको लोत्से बहुउद्देश्यीय प्रालिलाई काउन्टर खाली गराउन निर्देशन दिएको हो ।

यातायात ब्यबस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले अत्यावश्यक सेवामा हड्ताल गरेर सरकारलाई असहयोग गरेका समितिहरुको काउन्टर बसपार्कबाट हटाउने निर्णय भएको जानकारी दिए|निर्णयअनुसार अब नयाँबसपार्कभित्र कम्पनीका बसहरुको मात्रै काउन्टर सञ्चालन हुनेछ|

प्रतिक्रिया
सम्बन्धित समाचार