स्पेनिस ला लिगा अन्तर्गत चिर परिचित प्रतिद्वन्द्वी बार्सिलोना र रियल म्याड्रिड बीच यस सिजनको अन्तिम प्रतिस्पर्धा आज राति हुदैछ|नेपाली समय अनुसार रातिको १२:३० बजे बार्सिलोनाको घरेलु मैदानमा उक्त खेल हुदैछ| बार्सिलोनाले यस अघिनै ला लिगाको उपाधि जितिसकेको छ भने रियल म्याड्रिड अंक तालिकाको तेश्रो स्थानमा छ|
विश्व फुटबलका दुई सुपरस्टार क्रिस्टीयानो रोनाल्डो र लियोनल मेस्सी आमनेसामने हुने हुदाँ पनि धेरै फुटबल फ्यानको नजर यस खेलतर्फ हुनेछ|बार्सिलोनाले कोपा डे रे र स्पेनिस ला लिगा जितिसकेको छ भने रियल च्याम्पियनस लिगको फाईनलमा पुगेको छ|
प्रतिक्रिया
सम्बन्धित समाचार