बैशाख २३ नुवाकोट,
छोटो समयमै प्रथम नुवाकोट गोल्डकप गर्न हौसिएको आयोजकलाई धमाधम सहयोगहरु जुट्न थालेको छ।
जेष्ठ १७ देखि २६ गतेसम्म संचालन हुने प्रतियोगितामा साकुरा नेपाल कन्सल्टेन्सीले प्रतियोगिता अबधिभर ‘म्यान अफ दी म्याच’ को पुरस्कारका लागि रु.९० हजार प्रयोजन गर्ने भएको हो ।आज काठमाडौंमा साकुरा नेपाल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक अनुज कुमार श्रेठले आयोजक टिमसंग उक्त संझौता गरेको फुटबल संघ नुवाकोटका अध्यक्ष दिपकलाल चित्रकारले बताए ।
त्यस्तै तारकेश्वर गाउँपालिकाले पनि प्रतियोगिताको दोश्रो पुरस्कार रु.३ लाख प्रायोजन गर्ने प्रतिबद्धता गरेको छ।गाउँपालिकाका अध्यक्ष रमेश वस्तीले आज आयोजक टिमसंगको भेटघाटमा छिट्टैै वैठक बसी निर्णय गर्ने प्रतिबद्धता गरेको संघका अध्यक्ष चित्रकारले बताए।
करिव रु. ५७ लाख ३७ हजारको अनुमानित बजेट रहेको प्रतियोगितालाई यस प्रतियोगिताको विशेष सहयोगी र संरक्षक समेत रहेको बिदुर नगरपालिकाले प्रतियोगिताको कुल बजेटको एक चौथाई रकम ब्योहोर्ने प्रतिबद्धता गरेको अध्यक्ष चित्रकारले बताए।उनले प्रतियोगिता सम्पन्न पार्न आवस्यक पर्ने सबै किसिमको सहयोग गर्न सबैमा आग्रह पनि गरे।