बैशाख २४ नुवाकोट
नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति नुवाकोटको आयोजनामा यहि २०७५/१/२९ गते नेपाली काङ्ग्रेसबाट नुवाकोटमा बिजयी जिल्ला समन्वय समिती,गाउपालिका प्रमुख,उपप्रमुख,वडा अध्यक्ष तथा वडा सभापतिहरुलाइ एक दिने प्रशिक्षण कार्यक्रम हुने भएको छ |
यस प्रशिक्षण कार्यक्रमलाई नेपाली कांग्रेसका केन्द्रीय नेताहरुले प्रशिक्षण दिनेछन्|जसमा प्रशिक्षकहरु अर्जुन नरसिंह केसीले (राजनितिक तथा प्रशासनिक दक्षता), रामशरण महतले (अर्थ तथा आर्थिक अनुशासन),धनराज गुरुङले (नेतृत्व बिकास) र श्याम भुर्तेलले (स्थानीय निकाय सम्बन्धी)विषयमा प्रशिक्षण दिने नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसीले बताए|
प्रशिक्षण कार्यक्रम नेपाली कांग्रेस नुवाकोट जिल्ला कार्यसमितिको हलमा बिहान ११ बजेदेखि संचालन हुनेछ|