शनिबार, भाद्र ७ २०८२

सरकारद्वारा २४५ यातायात महासंघ तथा समितिहरुको बैक खाता रोक्का गर्ने निर्णय,नुवाकोटका पनि २ वटा समितिको खाता रोक्का


  • ककनी खबर
  • मंगलबार, बैशाख २५ २०७५

काठमाडौं, वैशाख २४ — सरकारले गत शुक्रबार सार्वजनिक सवारी सञ्चालन नगर्ने यातायात महासंघ तथा समितिहरुको बैक खाता रोक्का गर्ने निर्णय गरे सँगै देशभर सञ्चालित २४५ यातायात समितिहरुको बैंक खाता बन्द गराएको छ । गृहमन्त्रालयको आग्रह अनुसार नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई पत्राचार गर्दै ती समितिहरुको बैंक खाता बन्द गराएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

प्रदेश नं ३ मा सबैभन्दा बढी ११८ वटा समितिको बैंक खाता रोक्का गरिएको छ त्यस्तै नं ५ मा ४० वटा ,प्रदेश नं १ मा ३२ वटा, प्रदेश नं. ४ मा २४ वटा, प्रदेश नं. ६ मा १२ वटा , प्रदेश नं. २ मा १० वटा र प्रदेश नं ७ मा ९ वटा समितिको बैंक खाता रोक्का गरिएको छ ।

यसरी रोक्का गरिएका बैंक खाताबाट रकम झिक्न र राख्न नपाउने गरी एयरमार्क गरेर राख्न राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । सार्वजनिक यातायातमा सिण्डिकेट कायम गर्नुपर्छ भन्ने व्यवसायीको मागले यातायात क्षेत्रको स्वस्थ्य प्रतिस्पर्धामा बाधा पुर्याएको भन्दै सरकारले यातायात समितिमाथि कारबाही गर्दै छानविन गर्न बैंक खाता रोक्का गरिएको हो ।

सरकारको यस कारवाहीमा परि बैंक खाता रोक्का हुनेमा नुवाकोटका पासाङल्हामु यातायात सेवा समिति र नगर यातायात सेवा समिति पनि रहेका छन|

प्रतिक्रिया
सम्बन्धित समाचार