शनिबार, भाद्र ७ २०८२

महिला स्वास्थ शिविर सम्पन्न


  • ककनी खबर
  • आइतबार, बैशाख ३० २०७५

यशोदादेवी भगवानसिंह मेमोरियल ट्रस्ट,बि.पि.स्मृति सामुदायिक सहकारी अस्पताल र बिदुर नगरपालिका वार्ड नम्बर २ को संयुक्त आयोजनामा बिदुर वार्ड नम्बर २ नुवाकोट टुडिखेलमा बैशाख २८ र २९ गते २ दिने निशुल्क महिला स्वास्थ्य शिविर सम्पन्न भएको छ।

कुल २८५ जनाले सेवा लिएको शिविरमा डा.धनबहादुर थापामगर र डा.केदार नरसिंह केसि सहित ९ जना डाक्टरको टोलिले स्वास्थ परिक्षणको साथसाथै भिडियो एक्सरे सेवा र औषधि बितरण समेत गरेको थियो।

बिदुर वार्ड नम्बर २ र खानिगाउ र आसपासका ग्रामीण भेगका महिलालाई लक्ष्यित शिविरमा करिब ५०० ले सेवा लिने अपेक्षा गरिएतापनी २८५ जनाले मात्र सेवा लिएको बिदुर वार्ड नम्बर २ का वडा अध्यक्ष बिरेन्द्र कुमार शाहिले बताउनुभयो।

प्रतिक्रिया
सम्बन्धित समाचार