बैशाख ३० रसुवा
रसुवागढी जोड्ने अन्तरराष्ट्रिय व्यापारिक नाकाको सडक भासिदा सवारी आवातजावतमा समस्या भएको छ |स्याफ्रुबेशी टिमुरे सडक खण्ड अन्तरगतको स्याफ्रुबेशीमा अचानक सडक भासिदा दैनिक रुपमा संचालन हुने ठुलो सानो सबै किसिमको सवारी आवातजावत समस्या आएको हो|आईतवार दिउसो १ बजेतिर अचानक सडक भासिदा यातायात ठप्प भएको हो|
हाल २०० भन्दा बढी ठुला गाडीहरु अलपत्र परेका छन् भने डोजर र स्काईभेटर बाटो पन्छाउने कार्य गर्दै साँझबाट साना गाडीहरुको लागि बाटो संचालन भएको तर ठुला गाडीहरु चल्न अझै २/३ दिन लाग्ने जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक ध्रुवप्रसाद सिलवालले बताउनुभयो|
प्रतिक्रिया
सम्बन्धित समाचार