शनिबार, भाद्र ७ २०८२

रहेनन् नेपाली फुटबलका म्यारोडोना मणि शाह


  • ककनी खबर
  • सोमबार, बैशाख ३१ २०७५

बैशाख ३१,काठमाडौ
नेपाली फुटबलमा म्यारोडोना भनेर चिनिने पूर्व राष्ट्रिय फुटबल टीमका कप्तान तथा चर्चित खेलाडी मणि शाहको निधन भएको छ । उनको ५१ बर्षको उमेरमा आज अपरान्ह ५ बजेर ४२ मिनेटमा थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

विगत केही वर्षदेखि कलेजोको समस्याले पीडित शाहको स्वास्थ अचानक जटिल बनेपछि केही दिनअघि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। तर स्वास्थमा सुधार नदेखी अवस्था नाजुक बन्दै गएपछि उनलाई आज भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएको थियो।

शाहले १७ बर्ष उमेरमा राष्ट्रिय फुटबल टीममा डेब्यु गरेका थिए । दोश्रो दक्षिण एसियाली खेलकुदमा डेब्यु गरेका शाहले बंगलादेशमा सम्पन्न छैठौं दक्षिण एसियाली खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई फुटबलमा स्वर्ण पदक दिलाउन सफल भएका थिए । उक्त साफ गेममा नेपालले फुटबलमा मात्र एउटा स्वर्ण पदक जितेको थियो । जुन स्वर्ण पदक दिलाउन मणि शाहको विशेष योगदान रहेको थियो । उनले फ्रि किकबाट गरेको गोलकैै कारण नेपालले स्वर्ण पदक जित्न सफल भएको थियो ।

फुटबलमा उत्कृष्ट प्रदर्शन गरेकै कारण मणि शाहलाई नेपाली फुटबलमा म्यारोडोनाको रुपमा चिनिन्थ्यो । उनी नेपालको राष्ट्रिय फुटबल टीमवाट १० नम्बरको जर्सी लगाएर खेल्ने गर्दथे ।

प्रतिक्रिया
सम्बन्धित समाचार