शनिबार, भाद्र ७ २०८२

बिकाश र समृद्दीको लागि सबै एक भएर लाग्नुपर्ने : डोरमणि पौडेल


  • ककनी खबर
  • मंगलबार, जेष्ठ १ २०७५

जेठ १
प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले समृद्धि र बिकासको दिशामा सबै एक भएर अघि बढ्नुपर्ने बताएका छन् । अहिलेको दुई महिनामा प्रदेश सरकारले काम गर्न नसकेको भन्दै आगामीण् वर्षबाट पूर्व तयारीका साथ काम गर्ने बताउनुभएको छ ।
केन्द्र प्रदेश र स्थानीय सरकारको समन्वयमा प्रदेशको बिकासको कामले गति लिने बताएका मुख्यमन्त्री पौडेलले एकले अर्कालाई बुझ्न नसके समस्या आउँने बताउनुभएको छ । तीन तहको सरकार र सबैको सहयोगमा प्रदेशलाई समृद्ध बनाउँने अभियानमा सरकार लाग्ने बताएका पौलेलले स्थानीय सरकारका वडाध्यक्ष तथा उपमेयर र उपाध्यक्षहरुले अधिकार पाइन भनेर हिड्न नपर्ने अवस्था रहेको बताउनुभएको छ ।
स्थानीय तहका उपप्रमुखहरुलाई न्यायिक क्षेत्र, योजना निर्माण तथा अनुगमन जस्ता थुपै्र अधिकारहरु दिएकोले अधिकार कम प्राप्त भयो भनेर आवाज उठाउनुको कुनै अर्थ नभएकोे उहाँले जिकिर गर्नुभएको छ ।
स्थानीय तहको अधिकारको तुलनामा अहिलेसम्म प्रदेश सरकारले कुनै अधिकार नपाएको मुख्यमन्त्री पौडेलले बताउनुभएको छ ।
प्रदेश सरकारमा कानुन नबनेकोले कस्को कति अधिकार भन्ने कुरा स्पष्ट नरहेको उनको भनाई थियो । मुख्यमन्त्री पौडेलले केन्द्र सरकार अझैपनि प्रदेश सरकारलाई अधिकार दिने विषयमा सकारात्मक नभएकाले आफूहरु आफ्नो अधिकार खोज्नमा नै व्यस्त भएको गुनासो गर्नुभएको छ ।
उहाँले केन्द्रमा नीति निर्माण भएपछि मात्र आफूहरुले पनि विभिन्न नियम, विधेयकहरु निर्माण गर्न सक्ने भएकोले पनि प्रदेश सरकारले अहिलेनै केहि गरिहाल्ने भन्ने कुरामा आफूहरु दुविधामा रहेको बताउनुभएको छ ।
३ नं. प्रदेश सरकारले आगामी दिनमा वर्षमा एउटा गाउँपालिकालाई राम्रो काम गरे वापत पुरस्कार तथा सम्मान स्वरुप अतिरिक्त बजेट उपलब्ध गराउन योजना बनाएको उहाँले बताउनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार