शनिबार, भाद्र ७ २०८२

पत्रकारिता संगै अभिनयमा पनि जम्दै भट्ट


  • ककनी खबर
  • बुधबार, जेष्ठ २ २०७५

जेठ २,नुवाकोट
नुवाकोटका पुराना क्रियाशिल पत्रकार, प्रेस चौतारी नुवाकोटका पुर्व जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य देवचन्द्र भट्ट पत्रकारिता संगै अभिनयमा पनि बिस्तारै जम्दैछ्न।

सानैदेखि अभिनयमा रुचि राख्ने भट्टले बिधालय जिवनमा सडक नाटक साथै बिधालयका विभिन्न कार्यक्रममा आफ्नो प्रस्तुतिले धेरैको मन जित्न सफल हुन्थे।

केही समय अघि ‘यस्तै रहेछ यहाँको चलन’नामक टेलिचलचित्रमा अभिनय गरेर सबैको मन जितेका उनले हालै नेपाल टेलिभिजनबाट प्रसारित निकै चर्चित टेलिचलचित्र ‘जिरे खुर्सानी’मा समेत डेब्यु गर्दै आफ्नो अभिनय क्षमतालाई सबैमाझ देखाएका छन्।हाल छोटो भूमिकाको देखिएतापनी अघिल्लो श्रृखलाबाट यो भुमिका अझै बढ्ने भट्टले बताए।

तीब्र ईच्छा शक्तिले पत्रकारितासंगै कलकारितालाई पनि संगै लगेको र आगामी दिनमा पनि यसलाई नीरन्तरता दिने भट्टले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार