शनिबार, भाद्र ७ २०८२

सन्दिप आईसीसी बिश्व ११ टोलीमा छनौट


  • ककनी खबर
  • बुधबार, जेष्ठ २ २०७५

भारतको व्यावसायिक क्रिकेट प्रतियोगिता आईपीएलमा छानिएसँगै अन्तर्राष्ट्रिय चर्चा बटुलेका नेपाली लेग स्पिनर सन्दीप लामिछाने वेस्ट इन्डिजविरुद्ध खेल्ने आईसीसीको विश्व ११ टोलीमा छानिएका छन्।

इङ्ग्ल्यान्डको प्रतिष्ठित क्रिकेट मैदान लर्ड्समा मे ३१ तारिकमा हुने उक्त खेल टि २० शैलिको हुनेछ।

गतवर्ष वेस्ट इन्डिजमा इर्मा र मारिया नामका आँधीले अङ्गोलास्थित रोनाल्ड वेबस्टर पार्क, एन्टिगुवास्थित सर भिभ रिचार्ड स्टेडिअम, डोमिनिकास्थित विन्डसोर पार्क स्टेडिअम, ब्रिटिश भर्जिन आइसल्यान्डसस्थित एओ सिर्ले रिक्रिएशन ग्राउन्ड र सेन्ट मार्टिनस्थित क्यारिब लुम्बर बल पार्कमा क्षति पुगेको थियो र यिनै रङ्गशालाहरूको पुनर्निर्माणका लागि रकम सङ्कलन गर्न आईसीसीले विश्व ११ र वेस्ट इन्डिजको टोलीबीच खेल आयोजना गर्न लागको हो।

नेपालका सत्र वर्षीय लामिछानेसँगै विश्व ११ टोलीमा इङ्ग्ल्यान्डका इओन मोर्गन, पाकिस्तानका शाहिद अफ्रिदी र शोएव मलिक, बाङ्ग्लादेशका तमिम इकवाल, भारतका दिनेश कार्तिक र हार्दिक पाण्ड्या, अफगानिस्तानका रशिद खान, न्यूजिल्यान्डका मिचेल म्याक्लिनगन र लुक रोन्ची एवम् श्रीलङ्काका तिसरा परेरा छन्।मोर्गनले आईसीसी बिश्व ११ टोलीको कप्तानी गर्नेछन्।

प्रतिक्रिया
सम्बन्धित समाचार