शनिबार, भाद्र ७ २०८२

सन्दिपको अर्को उत्कृष्ट प्रदर्शन,स्टाईलिस प्लेयर अफ दि म्याच बन्न सफल


  • ककनी खबर
  • शनिबार, जेष्ठ ५ २०७५

जेठ ३
४ ओभर २१ रन १ बिकेट जसमा १० डट बल र मात्र एक बाउन्ड्री।यो १७ बर्षिय युवाको प्रदर्शन हो। जुन बिश्व क्रिकेटकै हस्तिहरु महेन्द्र सिङ धोनी,शेन वाट्सन ,सुरेश रैना,ड्वाईन ब्राभोले भरिएको चेन्नाई विरुद्ध सन्दिप लामिछानेले गरेको प्रदर्शन हो।जसले उसलाई विश्व सामु चिनाउदै दिनानुदिन उत्कृष्ट बनाउदै लगेको छ।

दिल्ली र चेन्नाई बिचको आईपिल म्याच धेरै नेपालीहरुको लागि प्रतीक्षा थियो कारण बेङ्लोर विरुद्ध राम्रो बलिङ प्रदर्सन गरेका नेपाली बलर सन्दीप लामिछाने खेल्छन् या खेल्दैनन।तर सबैको अपेक्षा अनुरुप उनले टिममा आफ्नो नाम सुरक्षित गर्दै खेले सोचेअनुसारको प्रदर्शन पनि गरे।

सन्दिपले आफ्नो स्पेलको तेस्रो ओभरको पहिलो बलमै आईपिलको सबैभन्दा सफल मानिएका ब्याट्सम्यान सुरेश रैनाको बिकेट लिदै आफ्नो क्षमताको परिचय दिदै सबैको ध्यान आफुतर्फ तान्न समेत सफल भए।

त्यसैको प्रदर्शनलाई आधार मानेर खेलपस्चात उनलाई स्टाईलिस प्लेयर अफ दि म्याचको समेत पुरस्कार प्रदान गरिएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार