जेठ ६,
ईङ्ल्यान्डको दोस्रो ठूलो कप एफ ए कप फुटबलको उपाधी चेल्सीले जितेको छ।गएराती भएको फाईनलमा चेल्सीले १२ पटकको एफ ए कप बिजेता म्यानचेस्टर युनाइटेडलाई १-० ले हराउदै ८ औ पटक उपाधी जित्न सफल भएको हो।
वेयम्लीमा भएको फाईनल खेलमा खेलको २२ औ मिनेटमा म्यानचेस्टर युनाईटेडका डिफेन्डर फिल जोन्सले चेल्सीका ईडेन हाजार्डलाई डि एरियामा लडाएपछि पाएको पेनाल्टीलाई हाजार्डले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए र खेलमा अन्य गोल हुन नसक्दा सोही गोलले चेल्सी बिजयी भयो।
खेलको अधिकांस समय म्यानचेस्टर युनाइटेडको पक्षमा भएपनी युनाइटेड गोल गर्न भने चुक्यो।लगभग ६७ प्रतिशत बल आफ्नो कब्जामा राखेको युनाइटेडले गोलको लागि बारम्बार सिर्जना गरेपनी त्यसलाई चेल्सीका गोलरक्षकले बिफल पार्दै गएका थिए।पोग्वा,सान्चेज र रास्फोर्डले अबसर पाएपनी त्यसलाई गोलमा परिणत गर्न नसक्दा युनाईटेड हार ब्यहोर्न पुग्यो।
हालसम्म आर्सनलले १३ औं पटक एफ ए कपको उपाधी जितेको छ भने म्यानचेस्टर युनाइटेडले १२ चोटि र टोटन्ह्याम र चेल्सीले समान ८-८ पटक यो उपाधी जितेका छन्।