जेठ १२
ईन्डियन प्रिमियर लिग(आईपिएल) को उपाधीको लागि सनराईजर्स हैदरावार र चेन्नई सुपर किङ्स एक आपसमा भिड्ने भएका छन्।हिजो भएको दोश्रो सेमिफाइनलमा कोलकाता नाईट राईडर्सलाई १४ रनले पराजित गर्दै सनराईजर्स फाईनलमा पुगेको हो।यसअघि नै पहिलो क्वालिफायरमा हैदराबादलाईनै हराउँदै चेन्नाई फाईनलमा पुगिसकेको छ।
म्यान अफ दि म्याच रासिद खानको अलराउन्ड प्रदर्सनमा सनराईजर्सले कोलकता माथी जित निकाल्न सफल भएको हो। उनले आठौं नम्बरमा ब्याटिङ गर्दै मात्र १० बलमा ४ छक्का र २ चौकाको मद्दतले नटआउट ३४ रन बनाए भने बलिङतर्फ ४ ओभरमा १९ रन खर्चंदै ३ बिकेट लिए।फिल्डिङमा पनि हिजो उनी निकै चुस्त देखिए।उनले एक रनआउट सहित २ क्याच पनि लिए।
फाईनल खेल भोलि बेलुकी मुम्बईको वान्खडे स्टेडियममा नेपाली समय अनुसार साझको ७:१५ बजे हुनेछ।