जेठ १२
युरोपेली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियनस लिगको फाईनल खेल आज राती हुदैछ।युरोपका दुई पाउरहाउस क्लब रियल म्याड्रिड र लिभरपुल बिच नेपाली समय अनुसार आज रातीको १२:३० बजे सुरु हुनेछ।
रियल म्याड्रिड लगातार तेसो पटक र पछिल्लो ५ बर्षमा चौथो पटक उपाधी जित्ने दाउमा छ भने लिभरपुल समग्रमा छैटौं पटक उपाधी जित्ने लक्ष्यमा छ।लिभरपुलले पछिल्लो पटक सन २००५ मा उपाधी जितेको थियो।
यी दुबै क्लबले आफ्नो लिगमा भने सामान्य खेल खेलेका छन्।लिगको समाप्तिसम्म रियल स्पेनी लिगको तेस्रो स्थानमा रह्यो भने लिभरपुल ईङ्लिस प्रिमियर लिगको चौथो स्थानमा रह्यो।तर च्याम्पियनस लिगमा भने दुबै टिमको खेल निकै अब्बल रह्यो।
च्याम्पियनस लिगमा यस सिजन लिभरपुलका मोहम्मद सलाह र रोबेर्टो फेर्मिन्होले समान १०/१० गोल र मानेले ९ गोल गरिसकेका छन् भने रियलका क्रिस्टियानो रोनाल्डो एक्लैले १५ गोल गरेका छन्।
रियलले पछिल्लो ५ खेलमा १ जित १ हार र ३ खेल बराबरी खेलेको छ भने लिभरपुलले पछिल्लो ५ खेलमा २ जित २ हार र १ बराबरी खेलेका छन् तर यि दुई क्लबबीच भएका पछिल्लो ४ खेलमा दुबै टिमले २/२ जित र हार ब्योहोरेका छन्।