ककनी खबर जेठ १२
कर्णाली प्रिमियर लिगको उपाधी त्रिभुवन आर्मी क्लबले जितेको छ।आज सम्पन्न फाईनलमा शक्ति गौचनको कप्तानीमा रहेको रुपेन्देही–११ लाई ३७ रनले पराजित गर्दै विनोद भण्डारीको कप्तानीमा रहेको त्रिभुवन आर्मी क्लबले जितेको हो।
सुर्खेत रंगशालामा शनिबार सम्पन्न फाइनलमा टस हारेर ब्याटिङ गरेको आर्मीले दिएको १ सय ३३ रनको लक्ष्य पछ्याएको रुपेन्देही १७.५ ओभरमा सवै विकेट गुमाएर ९५ रनमै समेटिए पछि आर्मी ३७ रनले बिजयी हुन पुग्यो।
रुपेन्देहीका लागि निश्चल चौधरीले २६, सन्दीप सुनारले २४ र सौरभ खनालले १६ रन जोडे भने शक्ति गौचन ११ रनमा नटआउट रहे।
त्यसअघि आर्मीका सागर पुनले ३८ तथा विनोद भण्डारीले २८ रनको पारी खेलेपछि आर्मीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३२ रन जोडेको थियो।खेलमा बिक्रम सोब म्यान अफ दि म्याच घोषित भए।
जेठ ३ गतेदेखि सुर्खेत रंगशालामा संचालित प्रतियोगितामा कुल १० टिम सम्मीलित थिए।प्रतियोगिताको बेस्ट ब्याट्सम्यान सागर पुन,बेस्ट बलर कृष्ण कार्की र म्यान अफ दि सिरिज सन्दिप सुनार घोषित भए।
जितसँगै विजेता आर्मीले ट्रफी सहित ३ लाख तथा उपविजेता रुपेन्देहीले ट्रफिसहित १ लाख ५० हजार हात पारेको छ।