शनिबार, भाद्र ७ २०८२

रियल म्याड्रीडलाई च्याम्पियनस लिगको उपाधी,लिभरपुल ३-१ ले पराजित


  • ककनी खबर
  • आइतबार, जेष्ठ १३ २०७५

जेठ १३ ककनी खबर
लिभरपुलका गोलरक्षक लोरिस अरिउसले बिर्सनलायक २ भुल र ग्यारेथ बेलको २ गोलको मद्दतले रियल म्याड्रिडले लिभरपुललाई ३-१ ले हराउदै लगातार तेस्रो पटक युरोपियन च्याम्पियनस लिगको उपाधी जितेको छ।समग्रमा रियलको यो १३ औं च्याम्पियन लिग उपाधी हो।

हाल युरोपका दुई उत्कृष्ट खेलाडी क्रिस्टियानो रोनाल्डो र मोहम्मद सलाहबिच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको खेलमा त्यो समय अलि नमज्जा लाग्न पुग्यो।जतिबेला लिभरपुल स्टार सालाह घाईते हुँदै मैदान छोड्न बाध्य भए।खेलको ३० औ मिनेटमा रियल कप्तान सर्जियो रामोस संग ठोकिएर लड्दा उनी घाईते बन्न पुगे।उनले बिश्वकप समेत गुमाउन सक्ने सम्भावना देखिएको छ।

पहिलो हाफ बराबरीमा सकिएको खेलको ५१ मिनेटमा रियलका करिम बेन्जेमाले गोल गर्दै खेललाई अग्रता दिलाए।लिभरपुलका गोलरक्षक लोरिस अरिउसको गल्तिलाई गोलमा परिणत गर्दै बेन्जेमाले रियललाई अग्रता दिलाएका थिए।तर त्यसको ४ मिनेट पछि लिभरपुलले गोल फर्कायो।मानेले गोल गर्दै खेललाई १-१ को स्थितिमा पुर्याए।

खेलको ६२औ मिनेटमा रियलले खेलाडी परिवर्तन गर्यो र ईस्कोको स्थानमा ग्यारेथ बेल मैदानमा प्रबेश गरे।उनी मैदानमा प्रबेश गरेको १२२ सेकेन्डमै सानदार ओभरहेड गोल गर्दै खेललाई २-१ को स्थितिमा पुर्याए।च्याम्पियन लिगको फाईनलमा गरिएका गोलहरुमा बेलको यो गोल निकै दर्शनिय थियो।खेलको ८३ औ मिनेटमा बेलले हानेको बललाई लिभरपुलका गोलरक्षकले सामान्य बचाउ गर्न नसक्दा बल गोलमा परिणत भयो रियलले खेल ३-१ ले जित्न पुग्यो।

प्रतिक्रिया
सम्बन्धित समाचार