शनिबार, भाद्र ७ २०८२

वाट्सनको सानदार शतकमा चेन्नाईलाई आईपिलको उपाधी


  • ककनी खबर
  • सोमबार, जेष्ठ १४ २०७५

जेठ १४,ककनी खबर,
चेन्नाई सुपर किङ्न्सले २०१८ को आईपिएलको उपाधी जितेको छ।फाईनलमा चेन्नाईले सनराईजर्स हैदराबादलाई ८ बिकेटले पराजित गरेको हो।

मुम्बईको वान्खडे स्टेडियममा सम्पन्न फाईनलमा टस हारेर पहिले फिल्डिङ गरेको हैदरावादले २० ओभरमा ६ बिकेट गुमाउँदै १७८ रन बनायो।हैदरावादको तर्फबाट केन विलिम्सनले ४७ रन र युसुफ पठानले ४५ रन बनाए।

जवाफी ब्याटिङमा उत्रिएको चेन्नाईले सेन वाट्सनको प्रेरणादायी सतकको मद्दतले १८.३ ओभरमा २ बिकेट गुमाउदै बिजयी लक्ष्य पार गर्यो।म्यान अफ दि फाईनल वाट्सनले ५७ बलमा ११ चौका र ८ छक्काको मद्दतले सानदार नटआउट ११७ रन बनाए। ११ बलसम्म खेल्दा खाता खोल्न नसकेका उनले त्यसपछि हैदरावादका बलरहरुलाई कुनै मौका दिएनन्।

चेन्नाईको यो तेस्रो आईपिल उपाधी हो।प्रतियोगितामा बेस्ट बलर एन्ड्रु टाय,बेस्ट ब्याट्सम्यान केन विलिम्सन र म्यान अफ दि सिरिज सुनिल नारायण घोषित भए।

प्रतिक्रिया
सम्बन्धित समाचार