जेठ १७,ककनी खबर
बिदुर नगरपालिकाको संरक्षकत्वमा जिल्ला खेलकुद बिकाश समिति र जिल्ला फुटबल संघ नुवाकोटको संयुक्त आयोजनामा संचालन हुन लागेको नुवाकोट गोल्डकप फुटबल आजबाट नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेलमैदानमा संचालन हुदैछ।
नुवाकोट क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य माननीय नारायण प्रसाद खतिवडाको प्रमुख आतिथ्यतामा उद्द्घाटन हुने गोल्डकपको उद्द्घाटन खेल आयोजक नुवाकोट ११ र चितवन ११ बिच दिउसो ३:३० मा सुरु हुनेछ।
आयोजकले बुधबार प्रत्रकार सम्मेलन मार्फत प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको जानकारी दिएको थियो। साथै आयोजक टिमको जर्सी समेत सार्वजनिक गरेको थियो।
कुल १० टिमको सहभागीता रहने गोल्डकपको फाइनल जेठ २६ गते हुनेछ।प्रतियोगिताको बिजेताले ५ लाख र उपबिजेताले ३ लाख पाउनेछन्।