शनिबार, भाद्र ७ २०८२

सन्दिप आईसीसी बिश्व ११ को प्लेईङ ११ मा समाबेश


  • ककनी खबर
  • बिहिबार, जेष्ठ १७ २०७५

जेठ १७,ककनी खबर
भारतको व्यावसायिक क्रिकेट प्रतियोगिता आईपीएलमा छानिएसँगै अन्तर्राष्ट्रिय चर्चा बटुलेका नेपाली लेग स्पिनर सन्दीप लामिछाने वेस्ट इन्डिजविरुद्ध खेल्ने आईसीसीको विश्व ११ टोलीमा प्लेईङ ११ का लागि छानिएका छन्।

गतवर्ष वेस्ट इन्डिजमा इर्मा र मारिया नामका आँधीले अङ्गोलास्थित रोनाल्ड वेबस्टर पार्क, एन्टिगुवास्थित सर भिभ रिचार्ड स्टेडिअम, डोमिनिकास्थित विन्डसोर पार्क स्टेडिअम, ब्रिटिश भर्जिन आइसल्यान्डसस्थित एओ सिर्ले रिक्रिएशन ग्राउन्ड र सेन्ट मार्टिनस्थित क्यारिब लुम्बर बल पार्कमा क्षति पुगेको थियो र यिनै रङ्गशालाहरूको पुनर्निर्माणका लागि रकम सङ्कलन गर्न आईसीसीले विश्व ११ र वेस्ट इन्डिजको टोलीबीच खेल आयोजना गर्न लागको हो।

बिश्व ११ टिमको कप्तानी पाकिस्तानी स्टार क्रिकेटर साहिद आफ्रीदिले गर्दैछन्।

प्रतिक्रिया
सम्बन्धित समाचार