अरुणराज पाठक,जेठ २०, बिदुर
जिल्ला खेलकुद बिकाश समिती र जिल्ला फुटबल संघ नुवाकोटको संयुक्त आयोजनामा जेठ १७ देखि नुवाकोटमा संचालित ‘विशाल सिमेन्ट नुवाकोट गोल्डकप-२०७५’ अन्तर्गत आज भएको पोखरा-११ र सशस्त्र प्रहरीको एपीएफ क्लब बिचको खेलमा पोखरा-११ एक सुन्यको गोल अन्तरले बिजयी भएको छ।जितसंगै पोखरा-११ सेमिफाइनलमा समेत प्रबेश गरेको छ।
निकै प्रतिस्पर्धात्मक खेलमा खेलको तेस्रो मिनेटमा पोखरा-११ का मानबहादुर तामाङले गोल गरेका थिए।पोखराले खेलको तेस्रो मिनेटमा कर्नर पायो।उक्त कर्नरलाई कप्तान उत्तम गुरुङले मानबहादुरलाई सर्ट पास दिए र सोहि पासमा मानबहादुरले सुन्दर गोल गर्दै पोखरालाई अग्रता दिलाए र त्यसपछि अन्य गोल नहुदा पोखराले जित हात पार्यो।
खेलमा पोखराका मानबहादुर तामाङ म्यान अफ दि म्याच बने र ट्रफि सहित साकुरा नेपाल कन्सल्टेन्सिले प्रदान गरेको नगद १०००० (दस हजार) हात पारे।अब पोखरा-११ ले रुपन्देही ११ र नेपाल पुलिस क्लबबिचको बिजेता संग जेठ २४ गते खेल्नेछ।
भोलिको खेल थ्रीस्टार क्लब र मदन भण्डारी स्पोर्ट्स एकेडेमी बिच हुनेछ।