अरुणराज पाठक,जेठ २६, बिदुर
जिल्ला खेलकुद बिकाश समिती र जिल्ला फुटबल संघ नुवाकोटको संयुक्त आयोजनामा जेठ १७ देखि नुवाकोटमा संचालित ‘विशाल सिमेन्ट नुवाकोट गोल्डकप-२०७५’ अन्तर्गतको फाईनल खेल आज हुँदैछ।
नेपाली फुटबलका दुई चिरपरिचित प्रतिद्वन्दी नेपाल पुलिस क्लब र रुस्लान थ्रीस्टारका बिच बट्टार क्याम्पसको खेलमैदानमा आज दिउँसो ३ बजेदेखि उक्त फाईनल खेल संचालन हुदैछ।
शुक्रबार आयोजकले फाईनल अघि दुबै टिमका कप्तान र प्रशिक्षक सहित पत्रकार सम्मेलन गर्दै फाईनलको सम्पुर्ण तयारी पूरा भएको जानकारी गराएको थियो।पत्रकार सम्मेलनमा दुबै टिमका कप्तान र प्रशिक्षकले फाईनल खेल रोमान्चक हुने जानकारी गराएका थिए भने खेलमैदानको खुलेर प्रशंशा गरेका थिए।तर ब्यबस्थापनमा अझै सुधार गर्न सकिने प्रतिक्रिया दिएका थिए।
पहिलोचोटी नुवाकोटले यति ठूलो प्रतियोगिता आयोजना गर्न लागेको हुँदा आउदो बर्षमा अझै राम्रो गर्ने प्रतियोगिताका संयोजक तथा जिल्ला खेलकुद बिकाश समितिका अध्यक्ष बुद्धि प्रधानले जानाकारी दिए।
कुल १० टिमको सहभागिता रहेको प्रतियोगिताको सेमिफाइनलमा नेपाल पुलिसले ट्राईबेकरमा पोखरा ११ लाई हराएको थियो भने थ्रीस्टारले आयोजक नुवाकोट ११ लाई ४-१ हराएको थियो।प्रतियोगिताको बिजेताले नगद ५ लाख र उपबेजेताले नगद ३ लाख प्राप्त गर्नेछन्।