शनिबार, भाद्र ७ २०८२

ने.बि.संघले सरकारले गरेको मुल्य वृद्धिको बिरोधमा नुवाकोटमा पनि प्रदर्शन गर्ने


  • ककनी खबर
  • बुधबार, जेष्ठ ३० २०७५

जेठ ३०,बिदुर,ककनी खबर
सरकारले गरेको पेट्रोलियम पदार्थ लगायत अन्य दैनिक उपभोग्य सामानमा भएको मुल्यबृदी विरुद्ध नेपाल विद्यार्थी संघले देशब्यापी गरिरहेको बिरोध कार्यक्रम अन्तर्गत आज नुवाकोटमा पनि बिरोध तथा प्रदर्शन हुने भएको छ।

ने.बि.संघ साबिक नुवाकोट क्षेत्र ३ कार्यसमिति द्वारा आयोजना गर्न लागिएको उक्त कार्यक्रममा सरकारले जनतालाई ढाड सेक्ने उदेश्यले गरेको मुल्यवृद्धिको बिरोध स्वरुप वृद्धि गरिएको सबै चिजको मुल्यवृद्धि फिर्ता गर्दै गरिब जनताले सरकारको आभास गर्न सक्ने कार्यक्रम ल्याउन दवाब दिने उदेश्यले यो प्रदर्शन गर्ने लागेको ने.बि.संघ साबिक क्षेत्र नम्बर ३ का अध्यक्ष बिजय गुरुङले जानकारी दिए।

दिउँसो १२ बजे नेपाली काङ्ग्रेस जिल्ला कार्य समिती नुवाकोटको कार्यलयबाट सुरु हुने बिरोध तथा प्रदर्शन कार्यक्रममा सरकारको पुल्ता दहन समेत गर्ने आयोजकले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार