मंगलबार, असोज २१ २०८२

त्रिशुली जलविद्युत केन्द्रमा आगलागी हुँदा करोडौंको क्षति,जिल्लाका अधिकांस स्थानमा विद्युत अवरुद्ध


  • ककनी खबर
  • मंगलबार, असार २६ २०७५

असार २६ ककनी खबर
त्रिशुली जलविद्युत केन्द्रमा आज दिउँसो करिब पौने तिन बजे आगलागी हुँदा करोडौं मूल्य बराबरको क्षती भएको छ।जसले गर्दा जिल्लाका अधिकांस स्थानमा विद्युत अबरुद्ध हुनुको साथै संचार र जनजीवन समेत प्रभावित भएको छ।

जलविद्युत केन्द्रभित्र विद्युत सर्ट भई आगलागी हुँदा विद्युत उत्पादन गर्ने (उपकरण) ३ बटा ब्रेकरमा क्षती पुगेको छ।आगलागी पश्चात् आगो नियन्त्रणमा लिन दमकल र ग्यास प्रयोग गरिनुको साथै सेना,प्रहरी,स्थानीय र कर्मचारी सहयोग लिईएको थियो।

२१ मेघावट उत्पादन क्षमता भएको त्रिशुली जलविद्युत केन्द्रबाट बितरण गरिने स्थानमा आज सो केन्द्रबाट विद्युत बितरण गर्न निकै कठिन रहने केन्द्रले जानकारी दिएको छ।तर त्यसको विकल्पमा देविघाट जलविद्युत र अन्य स्थानबाट विद्युत आपूर्ति गर्ने प्रयास रहेको केन्द्रले जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार