श्रावण १६,ककनी खबर।
नेपाली क्रिकेटको लागि आजको दिन सबैभन्दा महत्वपूर्ण दिन हुँदैछ।किनकी आज नेपालले नेपाली क्रिकेट ईतिहासको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल नेदरल्यान्ड विरुद्ध खेल्दैछ।यसर्थ आजको दिन क्रिकेटको लागि मात्र नभएर नेपाली खेलकुदको लागि पनि उत्तिकै महत्त्वपूर्ण छ।
दुई खेलको प्रतियोगिता अन्तर्गतको पहिलो खेल नेदरल्यान्डको भिआरए क्रिकेट ग्राउन्ड अस्टेल्भिनमा नेपाली समय अनुसार दिउँसोको २ बजेर ४५ मिनेटमा सुरु हुने खेललाई कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्दैछ।
चार महिनाअघी जिम्बाबेमा भएको बिश्वकप छनौटमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता प्राप्त गरेको थियो।र त्यसैको आधारमा अहिले एकदिवसीय खेल्ने आधिकारिक राष्ट्र बन्न लागेको हो।हाल १६ राष्ट्रले एकदिवसीय मान्यता पाएका छन् ।अबको ४ बर्ष नेपालले त्यही १६ राष्ट्र भित्र रहदै नेपालको झन्डा फैलाई रहनेछ।
नेपाल र नेदरल्यान्ड बुधबार भेट हुदाँ नयाँ इतिहास लेखिनेछ। सन् २०१४ पछि नेदरल्याण्ड्स पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न लागेको हो भने नेपालको इतिहासमै पहिलो एकदिवसीय खेल्दैछ।त्यसले नेपाल आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल जितेर ईतिहास रच्न चाहन्छ भने नेदरल्यान्ड आफ्नो पुनरागमन जितको साथ गर्न चाहन्छ।