श्रावण १८, ककनी खबर।
एतिहासिक पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्दै गरेको नेपाली क्रिकेट टिमले आफ्नो दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेदरल्यान्डलाई १ रनको रोमान्चक जित हासिल गरेको छ।यो नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय जित समेत हो।
पहिलो खेलमा नेदरल्यान्डसंग ५५ रनले पराजित नेपाली क्रिकेट टिमले आजको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लियो।नेपाली टिमले सोमपाल कामिको ६१ रन र कप्तान पारस खड्काको ५१ रनको मद्दतले ४८.५ ओभरमा अलआउट हुँदै २१६ रन बनायो।दुबै खेलाडीको यो पहिलो अन्तर्राष्ट्रिय अर्धसतक पनि हो।त्यस्तै नेपालको लागि सुवास खकुरेल र दिपेन्द्र सिंह एरिले समान १९/१९ रन बनाए भने आरिफ सेफले १६ र ज्ञानेन्द्र मल्लले १३ रन बनाए।बलिङतर्फ नेदरल्यान्डका फ्रेड काल्सनले ३ बिकेट र माईकल रिपन र पिटर सिलरले समान ३/३ बिकेट लिए।
२१७ रनको बिजयी लक्ष्य सहित सिरिज जित्ने अभियानका साथ मैदानमा उत्रिएको नेदरल्यान्ड टिम जितको लागि २ रन चाहिएको अवस्थामा अन्तिम बलमा अलआउट हुन पुग्यो।शून्य रनमा नै पहिलो बिकेट गुमाएको नेदरल्यान्डको लागि ड्यानियल टेर ब्राक र बिन कोपरले सम्हालिएर खेल्दै दोस्रो विकेटको लागि ३० रनको साझेदारी गरे।बिन कोपरले आउट हुनु अघि १९ रन बनाए।त्यसपछि मैदानमा आएका अनुभवी ब्याट्सम्यान वेस्ली बारासीले सानदार ७१ रनको पारी खल्दै नेपालको जितको आशालाई कमजोर पारे।११३ रनसम्म ३ विकेट गुमाएको नेदरल्यान्ड टिमले त्यसपछि निरन्तर विकेट गुमायो।मध्यक्रममा नेपाली बलिङको अभिभारा सम्हालेका सन्दिप लामिछाने,बसन्त रेग्मीले कसिलो बलिङ गरेपछि नेदरल्यान्ड हारतर्फ उन्मुख भयो।सन्दिपले ३ बिकेट लिए भने ललित भण्डारीले २ विकेट लिए।अन्य सबै बलरले १/१ बिकेट लिए।
अन्तिम ओभरमा नेपालको जितको लागि १ विकेट र नेदरल्यान्डको जितको लागि ६ रनको आवस्यक थियो।त्यो अवस्थामा नेपाली कप्तान पारसले सानदार बलिङ गर्दै मात्र ४ रन दिदा नेपाल १ रनले बिजयी बन्न पुग्यो। खेलमा नेपालका सोमपाल कामी म्यान अफ दि म्याच घोषित भए।जितसंगै २ खेलको सिरिज १-१ मा समाप्त भएको छ। तस्बिर:रमन सिवाकोटी