श्रावण २०, ककनी खबर।
नेपाली फुटबल टिमका सहायक प्रशिक्षक राजुकाजी शाक्यलाई एन्फाले आफ्नो जिम्मेवारीबाट हटाएको छ।
नेपाली फुटबलका सबैभन्दा सफल खेलाडी राजुकाजी शाक्यले १७ बर्ष देशको लागि खेले र थुप्रै उपलब्धि हासिल सम्म गरे। पहिलो चोटि नेपालले साफ जित्दा उनि नेपाली टिमका खेलाडी थिए त्यस्तै छैटौं साफमा उनकै कप्तानमा नेपालले स्वर्ण पदक जितेको थियो भने पछिल्लो साफमा नेपालले उनकै प्रशिक्षणमा उपाधी जितेको थियो र नेपालले एएफसी सोलिडारिटि कप जित्दा पनि शाक्यनै प्रशिक्षक थिए।
खेलजिवन पश्चात् उनि पछिल्लो २१ बर्षदेखि फुटबल प्रशिक्षकको रुपमा सक्रिय छन्।हाल एन्फामा ५७ प्रशिक्षक २९ कर्मचारी र एकेडेमीका २२ कर्मचारी छन् तर नयाँ नेतृत्वले मात्र राजुकाजी शाक्यलाई हटाएको छ। बिना जानकारी आफुलाई हटाइए पछि निराश हुँदै उनले ब्यर्थै फुटबल खेलेको अभिव्यक्ति दिदै आफुले फुटबल खेल्नु र देशको लागि उपाधी जिताउनु गल्ती भएको बताए।उनले यो नेतृत्वले आफुमाथी राजनीति गर्दै अन्याय गरेको बताए।
उनलाई हटाइएको बारे जानकारी दिदै एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले शाक्य राखेप र एन्फा २ स्थानमा जागिरे भएको र कानुन अनुसार एउटै ब्यक्तिले २ स्थानबाट तलब खान नमिल्ने र सोहि प्राबधान अनुसार उनलाई हटाईएको अभिव्यक्ति दिए।तर शाक्यले २०७३ असार ४ गते नै उनले राष्ट्रिय खेलकुद परिषदको जागीरबाट अवकाश पस्चात एन्फासंग सम्झौता गर्दै जिम्मेवारी सम्हालेका थिए।एन्फासंग उनको साफ च्याम्पियनसिप सम्म करार सम्झौता थियो तर एन्फाले बिना जानकारी हटाउदै उनको स्थानमा बालगोपाल महर्जनलाई ल्याईएको छ।