श्रावण २७।
नेपाली क्रिकेट स्टार सन्दिप लामिछानेको आफ्नो उत्कृष्ट प्रदर्शन लाई क्यारेबियन लिगमा पनि यथावत राखेका छन्।
आज सम्पन्न खेलमा सेन्ट किट्स एण्ड निभिस पट्रीओट्स बाट खेलका उनले ट्रीन्बागो नाईट राईडर्स बिरुद्ध उत्कृष्ट बलिङ गर्दै ३ ओभरमा १ मेडन सहित १७ रन दिएर १ बिकेट लिएका थिए।उनले अस्ट्रेलियन खेलाडी क्रिस लिनलाई मेडन सहित आफ्नो पहिलो ओभरमा बोल्ड गरेका थिए।खेलमा सन्दिपको टिम ४२ रनले बिजयी भएको थियो।
पहिलो खेलमा पनि सन्दिपले ४ ओभरमा १२ रन खर्चदै २ बिकेट लिएका थिए।
प्रतिक्रिया
सम्बन्धित समाचार