श्रावण ३१
छोटो समय र सानो उमेरमा नै बिश्व क्रिकेटमा आफ्नो पहिचान बनाईसकेका नेपाली स्टार क्रिकेटर सन्दिप लामिछानेको आफ्नो उत्कृष्ट प्रदर्शन लाई क्यारेबियन लिगमा पनि यथावत राखेका छन्। आजको खेलमा उनले जमैका तलवास बिरुद्ध उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २१ रन दिएर २ बिकेट हात पारेका छन्।
खेलको पाँचौ,सातौं,तेर्हौ र पन्ध्रौं ओभरमा बलिङ गरेका सन्दिपले आफ्नो पहिलो ओभरमा १० रन खर्चेका थिए भने दोश्रो ओभरमा ७ रन खर्चदै केनर लेविस र आन्द्रे म्याग्राथी लाई आउट गर्दै २ बिकेट लिएका थिए।त्यस्तै उनले तेस्रो ओभरमा मात्र १ रन र चौथो ओभरमा ३ रन खर्चेका थिए।उनले चार ओभरमा कुल १४ डट बल फालेका थिए।उनी यस प्रतियोगितामा सबैभन्दा कम ईकोनोमी भएका बलर समेत हुन्।उनले हालसम्म ३ खेलमा ४.५४ को ईकोनोमीको साथ ५ बिकेट लिएका छन्।