शनिबार, भाद्र ७ २०८२

भारतका पुर्व प्रधानमन्त्री बाजपेयीको निधन, भारतमा ७ दिन राष्ट्रिय शोकको घोषणा


  • ककनी खबर
  • बिहिबार, साउन ३१ २०७५

श्रावण ३१।
भारतका पुर्व प्रधानमन्त्री तथा भारतिय जनता पार्टी(भाजपा)का नेता अटल बिहारी बाजपेयीको आज भारतिय समय अनुसार साझ ५ बजेर ५ मिनेटमा ९३ बर्षको उमेरमा निधन भएको छ।

बाजपेयी अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा ९ हप्ताअघि भर्ना हुनु भएको थियो । उहाँ सुगर र किड्नीको रोगले ग्रसित हुनुहुन्थ्यो । उनको निधनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शोक जनाउदै देशले अपुरणिय क्षती ब्योहोरेको बताउनुभएको छ । मोदिले ट्विट गर्दै भनेका छन् “म निशब्द छु, शून्य छु तर म भित्र भावनाको भेल उल्मिरहेको छ, हामी सबैको श्रद्धेय अटल जि हामी बिच रहनुभएन । आफ्नो जिवनको प्रत्येक समय उहाले राष्ट्रको समर्पित गर्नुभएको थियो । उहाँको निधन संगै एक युगको अन्त्य भएको छ।”

बाजपेयी भारतका सम्मानित नेतामध्ये एक हुनुहुन्थ्यो । उहाँले अविवाहित रहदै जिवनको सम्पुर्ण समय राजनीतिमा समर्पित गर्नुभएको थियो । उहाँ पछिल्लो ५० बर्षदेखि भारतको सक्रिय राजनीतिमा हुनुहुन्थ्यो । उहाँले भारतको ११ औं प्रधानमन्त्री रुपमा सपथ लिनुभएको थियो र तिनपटक सम्म भारतको प्रधानमन्त्री बन्नुभएको थियो। राजनीतिको बाहेक उहाँ एक साहित्यकार र कवि समेत हुनुहुन्थ्यो।

भारत रत्नबाट सम्मानित बाजपेयीको निधनमा भारतको केन्द्रीय सरकारले ७ दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार