मंगलबार, असोज २१ २०८२

एसिया कप छनौटको लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा


  • ककनी खबर
  • शनिबार, भाद्र २ २०७५

भाद्र २
यहि अगस्ट २७ देखी सेप्टेम्बर ६ तारिख सम्म मलेसियामा आयोजना हुने एसिया कप छनोटको लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा गरिएको छ । जसमा अलराउन्डर सागर पुन र मध्यक्रमका ब्याट्सम्यान बिनोद भण्डारीले टिममा पुनरागमन गरेका छन् ।

आज सार्वजनिक गरिएको टोलीमा नेदरल्यान्ड्समा सम्पन्न भएको नेपालको डेब्यु एकदिवशिय टोलीमध्ये शक्ति गौचन र शरद भेषावकरको स्थानमा सागर पुन र बिनोद भण्डारीले आफ्नो स्थान सुरक्षित बनाएका हुन् । शक्तिले अन्तर्राष्ट्रिय खेलबाट सन्यासको घोषणा गरिसकेका छन् भने भेषावकरको औंलामा चोट लागेको थियो ।

बन्द प्रशिक्षणमा रहेका १९ जना खेलाडी मध्ये १५ सदस्यीय नेपाली टिमको घोषणा गरिएको छ भने ४ जना बैकल्पिकमा छन् ।

नेपाली टोली

पारस खड्का

ज्ञानेन्द्र मल्ल

बसन्त रेग्मि 

सोमपाल कामी

सुबास खकुरेल

बिनोद भण्डारी

दिपेन्द्र सिंह ऐरी

सन्दिप लामिछाने

करण केसी

ललित सिंह भण्डारी

अनिल कुमार शाह

ललित नारायण राजबंशी

सागर पुन

आरिफ शेख

रोहित कुमार पौडेल

बैकल्पिक खेलाडी

किशोर महतो

प्रदिप ऐरी

सुनिल धमला

सुशन भारी     

यस्तै नेपाली टोलीले एसिया कप छनोट अघि श्रीलंकामा ३ अभ्यास खेल खेल्ने भएको छ । यसका लागि नेपाली टोली सोमबार श्रीलंका जानेछ । 

प्रतिक्रिया
सम्बन्धित समाचार