भाद्र १४,
मलेसियामा जारी एसिया कप क्वालिफायर अन्तर्गत पहिलो खेल ओमान संग ७ विकेटले पराजित भएको नेपाल आज दोश्रो खेलमा पनि पराजित भएको छ । आजको खेलमा नेपाल UAE संग ७८ रनले पराजित भयको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको UAE ले ५० ओभरमा ९ विकेट गुमाई २५४ रन बनाएको थियो । UAE का तर्फबाट चिराग सुरि ले ६५ रन , अद्नान मुफ्तीले नटआउट ५७ रन ,अस्फाक अहमदले ४५ रन र रमिज सहजादले ३५ रन बनाए । बलिङतर्फ नेपालका सन्दिप लामिछानेले ४ विकेट र बसन्त रेग्मी र सोमपाल कामिले समान २/२ विकेट लिए ।
२५५ रनको बिजयी लक्ष्य सहित मैदानमा उत्रिएको नेपाली टिम ४८.५ ओभरमा अलआउट हुँदै १७६ रनमा समेटियो । नेपालका तर्फबाट सुवास खकुरेलले ५० रन ,दिपेन्द्र सिंह ऎरि ४० रन र सोमपाल कामिले नटआउट २७ रन बनाए । बलिङतर्फ UAE का अहमद राजाले ४ विकेट र मोहमद नाभेदले ३ विकेट र अमीर हयातले २ विकेट लिए ।
खेलमा UAE का अहमद राजा म्यान अफ दि म्याच घोषित भए । अब नेपालले पर्सि मलेसियासंग प्रतिस्पर्धा गर्नेछ । तस्वीर : ACC