मंगलबार, असोज २१ २०८२

ईङ्ल्यान्डलाई टेस्ट सिरिज उपाधी,भारत ४-१ ले पराजित


  • ककनी खबर
  • बुधबार, भाद्र २७ २०७५

भाद्र २६,भारत बिरुद्धको ५ टेस्टको सिरिज ईङ्ल्यान्डले जितेको छ । आज सम्पन्न पाचौं टेस्टको अन्तिम दिन भारतलाई ११८ रनले हराउदै ईङ्ल्यान्डले सिरिज ४-१ ले जितेको हो ।

अन्तिम टेस्ट खेलिरहेका एलेस्टर कुकले पहिलो ईनिङमा ७१ र दोस्रो ईनिङमा १४७ रनको सानदार पारी खेलेपछी ईङ्ल्यान्डले अन्तिम खेल पनि सहजै जितेको हो । यसअघिनै सिरिज गुमाईसकेको विश्व नम्बर १ भारतलाई अन्तिम खेल जित्दै सिरिज ३-२ बनाउने अवसर थियो तर एलेस्टर कुक र जेम्स एन्डरसनको उत्कृष्ट खेल खेलेपछी भारत ईङ्ल्यान्डसंग निरीह बन्न पुगेको थियो ।

एन्डरसनले मोहम्मद सामीलाई बोल्ड गर्दै ५६४ विकेट आफ्नो खातामा लेखाए । जुन टेस्ट क्रिकेटमा कुनैपनी फास्ट बलरले लिएको सबैभन्दा धेरै विकेट हो । यसभन्दा पहिले यो रेकर्ड अस्ट्रेलियन फास्ट बलर ग्लेन म्याग्राको नाममा थियो । म्याग्राले ५६३ विकेट लिएका थिए । यो संगै एन्डरसन टेस्ट क्रिकेटमा मुथैया मुरलिधरन,सेन वार्न र अनिल कुन्बले पछि सबैभन्दा धेरै विकेट लिने चौथो बलर समेत बनेका छन् ।

भारत र ईङ्ल्याड बिचको पाँच टेस्टको सिरिजमा ईङ्ल्यान्डले पहिलो टेस्ट ३१ रनले,दोस्रो टेस्ट एक ईनिङ र १५९ रनले,चौथो टेस्ट ६० रनले र पाचौं टेस्ट ११८ रनले जितेको थियो भने तेस्रो टेस्ट भारतले २०३ रनले जितेको थियो ।

प्रतियोगिताको म्यान अफ दि सिरिज ईङ्ल्यान्डको तर्फबाट साम कुरान र भारतको तर्फबाट बिराट कोहली घोषित भए । म्यान अफ दि फाईनल टेस्ट एलेस्टर कुक घोषित भए ।
तस्बिर: आईसिसि

प्रतिक्रिया
सम्बन्धित समाचार