मंगलबार, असोज २१ २०८२

मैत्रीपुर्ण खेलमा नुवाकोट क्रिकेट संघको टिम बिजयी


  • ककनी खबर
  • शनिबार, भाद्र ३० २०७५

भाद्र ३० बिदुर।
नुवाकोट क्रिकेट संघ र रोयल क्रिकेट ईन्डोर बिचको ३ खेलको मैत्रीपुर्ण प्रतियोगिता नुवाकोटमा सुरु भएको छ । प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा नुवाकोट क्रिकेट संघको टिम १२ रनले बिजयी भएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नुवाकोटले २० ओभरको खेलमा पूरा ओभर खेल्दै ८ विकेटको क्षतिमा ७५ रन बनायो । नुवाकोटको तर्फबाट शितल रिमाल १२ रन,मिथलेश शर्मा ११ रन बनाएका थिए । बलिङतर्फ रोयल क्रिकेट ईन्डोरका पवन सिग्देलले ४ विकेट लिए । ७६ रनको बिजयी लक्ष्य सहित उत्रिएको रोयल क्रिकेट ईन्डोर १५.३ ओभरमा ६३ रनमा अलआउट भयो । रोयलका तर्फबाट अभियान बस्नेतले १३ रन र शुभ ज.ब.राणा १२ रन बनाए । बलिङतर्फ नुवाकोटका कुशल नेपालीले ५ विकेट र अमिक कुमालले ३ विकेट लिए ।

खेलमा ५ विकेट लिएका नुवाकोटका कुशल नेपाली म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिताको दोश्रो खेल भोलि बिहान ७:३० मा श्रीनाथ गणको खेलमैदान सिंचाइमा हुनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार