असोज ६,
‘राष्ट्रसंघ सबै नागरिकका लागि सापेक्ष बनाऔंः शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँट’ मूल नाराका साथ यहि असोज २ गते देखि संयुक्त राज्य अमेरिकामा भईरहेको संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली आज अमेरिका प्रस्थान गर्दैछन । ओली शनिबार राति ९ बजेपछि त्यसतर्फ जान लागेका हुन् ।
प्रधानमन्त्री ओली २० सदस्यीय उच्चस्तरीय टोलीको नेतृत्व गरेर अमेरिका जान लागेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ । टोलीमा प्रधानमन्त्रीपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधामन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल सहित नेपाल सरकारका वरिष्ठ अधिकारीहरु रहने जानकारी छ ।
बिभिन्न देशका राष्ट्रप्रमुख सम्मिलित रहने महासभामा प्रधानमन्त्री ओलीले असोज ११ गते सम्बोधन गर्ने कार्यक्रम छ ।