असोज २०,नेपाली काङ्ग्रेस नुवाकोट क्षेत्र नम्बर २ को आयोजनामा विजया दशमी तथा शुभ दिपावली साथै नेपाल सम्वत ११३९ र छ्ट पर्वको उपलक्ष्यमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम नुवाकोटको महादेवफाँट, रातमाटेमा सम्पन्न भएको छ । नेपाली काङ्ग्रेसका सहमहामन्त्री तथा केन्द्रिय सदस्य प्रकाश शरण महतको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला स्तरका अधिकांश नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस नुवाकोटका नेता तथा केन्द्रिय सदस्य बहादुर सिंह लामा , प्रदेश सभा सदस्य कल्पना नेपाली,नेपाली काङ्ग्रेस नुवाकोटका निवर्तमान अध्यक्ष धुर्व अधिकारी ,नेपाली काङ्ग्रेसका महासमिति सदस्य रमेशकुमार महत,नेपाली काङ्ग्रेस नुवाकोटका जिल्ला सचिव द्वय सुरेन्द्रराज अधिकारी र शिव दाहाल,म्याघ्याङ गाउँपालिकाका अध्यक्ष आशा तामाङ ,किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्र लामा,क्षेत्रिय अध्यक्षहरु अर्जुन न्यौपाने र जगत तामाङ,तरुण दलका जिल्ला अध्यक्ष सिंहराज तामाङ,ने बि.संघका केन्दिय सहमहामन्त्री बद्री प्रसाद मुडवरी, ने.बि.संघ केन्दिय सदस्य जयराम दाहाल,जिल्ला अध्यक्ष उत्तम पाठक लगायत जिल्ला स्तरका धेरै नेता कार्यकर्ताक उपस्थिति रहेको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य संगै सम्बोधन गर्ने क्रममा नेपाली काङ्ग्रेसका सहमहामन्त्री महतले यो सरकार जनताको भावना बिपरित काम गर्दै आएको र जनताले प्रत्याभूति गर्ने कुनै कार्य गर्न नसकेको बताए । साथै नेपाली काङ्ग्रेसले संगठन सुधार गर्दै आफ्नो गतिविधि बढाए अर्को निर्वाचनमा नेपाली काङ्ग्रेस पहिलो पार्टी बन्ने समेत जानकारी दिए ।