आइतबार, जेष्ठ ६ २०८१

धानको बीउ छनोट गर्ने तरिका


  • ककनी खबर
  • आइतबार, असार ६ २०७८

पानी र नुन प्रयोग गरेर सहज रुपमा नै बीउ राख्न उपयुक्त धानको छनोट गर्न सकिन्छ, जसका लागि निम्न लिखित प्रक्रिया अपनाउन सकिन्छ :

१) ३ लिटर पानीमा मसिनो धानको लागि ५०० ग्राम र मोटो धानको लागि ६०० ग्राम नुनको मिश्रण तयार पार्ने। आवश्यकता बमोजिम पानी र नुनको मात्रा बढाउन पनि सकिन्छ जसमा पानी र नुनको अनुपात ४:१ राखेर मिश्रण बनाउनुपर्छ।

२) सो मिश्रणमा १ केजी बीउ खन्याएर राम्रोसँग घोल्ने। त्यसको २-३ मिनेट बीउलाई तैरिन र थिग्रिन समय दिने।

३) तैरिएका र थिग्रिएका बीउहरुलाई छुट्टाछुट्टै निकालेर फरकफरक ठाउँमा जम्मा गर्ने। यो प्रक्रिया सबै बीउलाई दोहोर्‍याउने। थिग्रिएका बीउ मात्रै ब्याडमा राख्न उपयुुक्त हुन्छन् ।

४) थिग्रिएका बीउलाई सफा पानीले २-३ पटक राम्रोसँग धुने। यदि सोही दिन बीउ नछर्ने भए छायामा सुकाएर राख्न सकिन्छ।

५) छनोट गरेका बीउलाई ढुसीजन्य रोगबाट बचाउन ३ ग्राम प्रति केजी बीउका दरले बेभिस्टिन जस्ता ढुसीनासकले उपचार गर्ने र उपचार गरेको ३-४ दिनपछि ब्याडमा लगाउने।

प्रतिक्रिया
सम्बन्धित समाचार