आइतबार, जेष्ठ ६ २०८१

रिभा स्टोर्समा मासिक किस्ताबन्दीमा इलेक्ट्रोनिक्स समान खरिद गर्न पाइने


  • ककनी खबर
  • शनिबार, असार २६ २०७८

नुवाकोट – सिजी, एलजी ब्राण्डको आधिकारिक वितरक रिभा स्टोर्सले इलेक्ट्रोनिक्स समान खरिद गर्न शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दीको व्यवस्था गरेको छ । नुवाकोटमै पहिलोपटक इलेक्ट्रोनिक्स सामान खरिद गर्न वाणिज्य बैंकसँगको इएमई सम्झौता भएको हो ।

रिभा स्टोर्सले उपलब्ध गराउने विभिन्न इलेक्ट्रोनिक्स सामाग्रीहरू क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई शून्य ब्याजदरमै उपलब्ध गराउने गरी समझदारी गरिएको सनराईज बैंक बट्टार शाखाकाका प्रबन्धक दिपेन्द्र श्रेष्ठले बताए । इलेक्ट्रोनिक्स समान खरिद गर्न ग्राहकले शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दी सुविधाका साथै बैंकको निःशुल्क क्रेडिट कार्ड पाउने उनले बताए ।

रिभा स्टोर्सका सञ्चालक रमेशकुमार श्रेष्ठका अनुसार ग्राहकहरुका लागि यो योजना २०७८ असार २७ गतेबाट उपलब्ध हुने र सो सुविधाको लागि ग्राहकको हकमा बैंक खाता हुनुपर्ने छ । “नो क्यास, अन्ली डिजिट” को अवधारणा अनुरुप महामारीमाको समयमा कोरोनाको जोखिम कम गर्न ग्राहकले चाहेअनुसारको इलेक्ट्रोनिक्स सामाग्री खरिद गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् ।

ग्राहकहरूले १८ महिनासम्मको समयावधीमा लागत मूल्य बैंकमार्फत किस्ताबन्दीमा तिर्नेगरी शून्य प्रतिशत ब्याजदरमा क्रेडिट कार्डमार्फत सामाग्री खरिद गरी भरपुर फाइदा उठाउन सक्नेछन् ।

यसअघि रिभा स्टोर्सले बिग सेलको अफर ल्याएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार