आइतबार, जेष्ठ ६ २०८१

हाम्रो सभ्यता आधुनिकताको परिचय हुनेछ


  • इश्वर रिमाल
  • सोमबार, साउन ४ २०७८

ब्रह्माण्डमा जे जति सिर्जना भयो बस्तु तथा जिवहरु प्रकृतिले बिभेदरहित ढङ्गबाट समान अवसर र चुनौति प्रदान गरेको हो! अवसरको उपयोग र चुनौतिको सामना अरु जिवहरुले भन्दा मानवले धेरै गर्यो कारण मानिस सर्वश्रेष्ठ प्राणि हो ! हामी यो सत्यलाई स्विकार्न सक्ने कि नसक्ने ? यहाँ यो प्रश्न उठाउनुको कारण हाम्रो समाज धेरै परिवर्तन र आधुनिक भएको रटान दिदै गर्दा समाजलाई जात र धर्मका नाममा झन बिग्रहतिर धकेेलिरहेका त छैनौ ? आफ्नो सिमित र अल्पकालीन स्वार्थपूर्तिका लागि सहिष्णु समाजमा शान्त तलाउमा पत्थर फालेर तलाउलाई छचल्किन बाध्य पारे झै समाजलाई उच्छृङ्खल र उन्मत्त बनाउन अग्रसर भईरहेका त छैनौ ? नेपाली समाजमा अहिले धर्मका नाममा बिग्रहका झिल्काहरु देखिन थालेकाे आभाष हुदैछ ! धर्म भनेको सत्य,अनुशासन सहितको मानवता र नैतिकता हो!हिन्दु,बौद्ध,ईसाई,क्रिष्चियन आदि आदि यी सबैलाई हामिले हाम्रो आ- आफ्नो परम्परा र संस्कार का रुपमा ग्रहण गरि सहज बनाउनु आजको आवश्यकता हो !बाकि सब यी एक्काईसौ शताब्दीको आधुनिक समाजका संवाहक र आफुलाई बुज्रुक सम्झनेहरु कसरी भावनात्मक प्रहार गरि फाईदा लुटने भनेर लागिरहेका छन !अनि हामी…. हो हामीलाई संसार दिन्छन अब यिनिहरुले संसारै दिलाउछन भनेर पछि लागिरहेका हुन्छौ! हामी सचेत हुनु जरुरि छ! बेलाबखत राजनितिक मुद्दा बनाएर जातीयता को नाममा गालि गलोज र सामाजिक सद्भाव भड्काउने असामाजिक प्राणिहरुलाई विश्वमा मानव सभ्यताको विकास सगै जात वर्गिरकरण कोहि ठूलो सानो भनेर होईन हावापानि भौगोलिक बाताबरण सुहाउदो जिउडाल का आधारमा जम्मा ३ जातको बर्गिकरण भएको कुरा हामी विभिन्न अध्ययनहरु बाट पाउन सक्दछौ!सोही मध्ये समाजशास्त्र को अध्ययन मार्फत निम्न कुराको जानकारि पाउदछौ ! जात १ आर्य यी जातको बर्गिकरण अग्ला दुब्ला गोरा गहुगोरा लामो नाक आखा भित्र छिरेका शारिरिक बनावट मध्यम हावापानि भएको ठाउमा बसोबास गर्ने मानिसहरु वातावरण अनुरुपको शारीरिक वनाटका अाधारमा गरिएको हो। २ मङ्गोलियन यी जातको बर्गिकरण होचाे र मोटो शरीर थेप्चाे नाक साना अाखा चिसो हावापानिका कारण राता गाला शारिरिक बनावट चिसो हावापानि भएको ठाउमा बसोबास गर्ने मानिसहरु वातावरण अनुरुपको शारीरिक वनाटका आधारमा गरिएको हो। ३ हप्सि यी जातको बर्गिकरण मोटा बलिष्ठ हात पाखुरा भएका काला बर्णका ठूलो अोठ शारिरिक बनावट धेरै तातो हावापानि भएको ठाउमा (बिषेषत अफ्रिकि देशहरु) बसोबास गर्ने मानिसहरु वातावरण अनुरुपको शारीरिक वनाटका आधारमा गरिएको हो। अरु सबै बिचमा समय सापेक्षित अनुकुलताका आधारमा बिकशित र परिभाषित गरिएका मात्र हुन । तर्सथ जातका नाममा आपसि टकराव नगरि भाईचार र सदाचारको आखाले हेर्नु नै हाम्रो सभ्यता र आधुनिकताको परिचय हुनेछ। जात जन्ममा होईन तपाईं हाम्रो सोचाईमा छ,तपाईं हाम्रो कर्ममा छ,जब हामी वैरभावको सोचाईबाट कर्मको शुरुवात गर्छौ तब हामी जातको जन्म गराउछौ!जातको जन्मदाता अरु कोहि होईन तपाईं हामी नै हो! मैले यति भनिरहदा समाजमा कहि पनि अन्याय भएकै छैन समाजमा सबै समानता छ सबैले समान अवसर पाएका छन होईन,कसैलाई केही आरक्षण संरक्षण राज्यको दायित्व होईन भन्ने होईन,यसको मतलब यो पनि होईनकि खुनको बदला खुनले तिर्नुपर्छ र नुनको बदला नुनले तिर्नुपर्छ भनेर लाग्नु,उहीँ बदलाकै सोच हामी बोक्छौ र बदलालाई नै प्रोत्साहित गर्छौ भने हामी एक्काईसौ शताब्दिमा अाएर पनि क्रमशः बिसौ,उन्नाइसौं अठारौं र …….. औ शताब्दीमा फर्कने ठूलो कसरत गरिरहेका हुनेछौ!हामी साच्चै आधुनिकता र एक्काईसौ शताब्दीसंगै कुद्न चाहन्छौं भने बदला होईन बदलिने र बदल्ने सोच बोकेर हिडौ तबमात्र हामी हाम्रो लक्ष्यलाई गन्तव्यमा पुर्याउन सक्षम रहने छौ! जो बढि भोको छ उसलाई धेरै दिदै राज्यले समतामूलक नीति लिदै समानताको लक्ष्य हासिल गर्नुपर्दछ भन्नेमा म प्रष्ट छु ! तर अहिले नेपाली समाजले विभेद र उत्पिडन अन्त्य गर्न जुन बाटो लिएको छ यसले समानता प्रदान गर्छ भन्नेमा सहमत हुन सकिदैन किनकि बिभिन्न जातजाति,आदिवासि,दलित,आदि आदि नामको कोटा र आरक्षण स्विकार्दै अनि हामिलाई यसो नभन विभेद नगर भन्नू आफैमा बिबादित छ!हामिले बुझ्न जरुरि छ कि हाम्रा समाजका बुज्रुकहरु हामिलाई चारो देखाउदै देखाउदै पासोमा पारि सधै हामिलाई अाफ्नो फन्दामा राखिरहन उद्दत छन!हामी साच्चै समतामूलक, समुन्नत र स्वच्छ समाजको परिकल्पना गर्दछौ भने अब हामिले भन्नुपर्छ जात धर्म र बर्णका नाममा होईन आर्थिक,राजनितिक,सामाजिकस्तर र भुगोलका आधारमा राज्यका सबै पाटा र निकायहरुमा पुगेको पहुच र पुग्न नसकेको पहुचका आधारमा सम्पूर्ण काम कर्तव्य र अधिकारमा सहभागी गराउ! यसरि नै हामी समतामूलक समान र समृद्ध राज्य निर्माण गरि राष्ट्रलाई बिश्वमा परिचय दिलाउदै प्रतिस्पर्धिको रुपमा उतार्न सफल हुनेछौं !क्षणिक लाभ हेरि कुनै ब्यक्ति समूह वा राजनीतिक दलले जात र धर्मको पासो फाल्छ भने त्यसलाई पहिचान गरि अस्विकार गरि भाईचारा र सहिष्णु समाजको निर्माणमा लाग्नु नै सचेत नागरिकको जिम्मेवारी हुनेछ ! जय नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार