आइतबार, जेष्ठ ६ २०८१

टिकटक प्रतिबन्दविरूद्ध परेको रिटमा सोमबार सुनुवाइ


  • ककनी खबर
  • शुक्रबार, मंसिर १ २०८०
supreme-court-of-nepal

काठमाडौं । सरकारले टिकटकमा लगाएको प्रतिबन्धविरूद्ध परेका रिट निवेदनहरुमाथि आगामी सोमबार प्रारम्भिक सुनुवाइ हुने भएको छ ।

भोलि शनिबार र पर्सि आइतबार छठ पर्वको कारण अदालत नखुल्ने हुँदा मंसिर (आगामी सोमबार)का लागि पहिलो पेशी तोकेको हो ।

टिकटक प्रतिबन्द्ध गर्ने सरकारको निर्णयविरूद्ध अधिवक्ता दिनेश त्रिपाठीसहित आठ वटा रिट दर्ता भएको थियो ।

मन्त्रिपरिषद्को गत सोमबारको बैठकले ‘सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव बिग्रने वातावरण बनेको भन्दै नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने’ निर्णय गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार