बुधबार, भाद्र १८ २०८२

सशस्त्रलाई छलेर भागेको कार दुर्घटना, ४२१ किलो गाँजा बरामद


  • ककनी खबर
  • बुधबार, बैशाख १७ २०८२

काठमाडौँ । धनकुटाबाट सशस्त्र प्रहरी बलले गाँजासहित एउटा कार नियन्त्रणमा लिएको छ ।

बुधबार बिहान धनकुटाको साँगुरीगढी गाउँपालिका-६ नमस्ते झरनाबाट धरानतर्फ जाँदै गरेको कार सशस्त्र प्रहरीले जाँच गर्न खोज्दा भागेको थियो ।

जाँचकै क्रममा भागेको को२प १७३४ नम्बरको कारलाई प्रहरीले दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको हो ।

चालक फरार रहेको उक्त कारबाट १२ वटा पोकामा प्याक गरिएको ४२१ किलो गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार