शनिबार, भाद्र ७ २०८२

आवासीय चिकित्सक र सरकारबीच तीन विषयमा सहमति


  • ककनी खबर
  • शनिबार, बैशाख २० २०८२

काठमाडौँ । आवासीय चिकित्सक र सरकारबीच तीन विषयमा सहमति भएको छ । शनिबार (वैशाख २०) काठमाडौंमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक संघका पदाधिकारी र आवासीय चिकित्सकबीचको छलफलपछि तीन विषयमा सहमति भएको हो ।

तीन विषयमा सहमति भएसँगै आवासीय चिकित्सकको आन्दोलन स्थगन गरिएको छ । स्वास्थ्य मन्त्रालयसँग आवासीय चिकित्सकले चिकित्सा शिक्षा आयोगको १६औँ बैठकको निर्णय कार्यान्वयन गर्ने, म्याचिङका चिकित्सकका निम्ति यथाशीघ्र सुरु गर्न चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिने र बिदाका विषयमा कार्यदल बनाएर स्वास्थ्य मन्त्रालयले पूरा गर्न सक्ने विषय मन्त्रालयबाट र नसकेका कुरालाई निर्देशन गरेर पठाउने तीन सम्झौता भएसँगै आवासीय चिकित्सक आन्दोलन छाड्न सहमत भएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार